Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खेल हेर्न हिँडेर घर नफर्किएका दुइ युवा मृत भेटिए - Brighter Khabar

सांकेतिक तस्विर 


आश्विन २०,  पाल्पाको निस्दी–३, झिरुवास भलुवाका दुई युवा मृत अवस्थामा फेला परेका छन् ।

३ दिन अगाडी भलिबल खे ल हेर्न हिँडेका भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षका ईन्द्रबहादुर खरुमगरको सब फेला परेको प्रहरीले जनाएको छ । 

निस्दी–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै र खरुमगर घर फर्किएका थिएनन् । दुवै जनाको खोजी गर्दै जाँदा बुधवार बिहान निस्दी–४, मित्यालकै झर्ल्याङ्दी खोलामा सोमैको सब फेला परेको थियो । अर्का खरुमगरको भने बुधवार साँझ निस्दी–५, ढुङ्गानाबेँसीस्थित खोलामा सब फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत अवस्थामा भेटिएका दुवै युवाको शव रामपुर अस्पतालमा लगिएको छ । अस्पतालमा चिकित्सक नभएकाले पोस्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ । मित्यालका स्थानीयवासीले भने निस्दी–४, मित्यालस्थित झर्ल्याङ्दी खोल्साले बगाउँदा दुई जना युवाको मृत्यु भएको हुन सक्ने बताएका छन् ।

अष्टमीको राति ठूलो वर्षा परेको र त्यही वर्षसहित बढेको खोल्साले दुवै जनालाई बगाएको स्थानीय बासिन्दाको भनाई छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले भने खोल्साले बगाएका दुई जनाको सब फेला फेला परेको बताउनुभयो । 

यस सम्बन्धमा थप  अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom