Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कतै तपाईलाई कब्जियत भएर ट्वाइलेट जाँदा गार्हो भएको त छैन, यो सामाग्री नछुटाई पढ्नुहोला - Health Tips


 मल निस्कासनको प्राकृतिक आवृतिमा विलम्ब हुनु, स्वभाविक रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट सम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । 

विशेष रोगावस्था जस्तै आन्द्राकाघाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियत को मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलीत जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोक भन्दा ज्यादा खाने  गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाईरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा  र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ ।

व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु श्रम पछि विश्राम नगर्नेहरु  भय चिन्ता शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रमबाट भाग्नेहरु लाई पनि कब्जियतले छाडेको छैन । 

 

लामो समयसम्म विरेचक औषधिखानेहरु पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ  । लक्षणहरुः मलत्यागको प्राकृतिक आवृतिमा विलंब हुनु, मलत्याग गर्न बल लगाउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारीहुनु वा दुख्नु, भोक नलाग्नु मुखविग्रिनु, रिङ्गटालाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु र थाकेको महसुस हुनु । 

उपचारः  विशेष रोगावस्था भएकाहरुले रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । विहानको नास्तामा तारेभुटेको, बट्टा र बोतल बद्ध खाद्य पदार्थ, मैदाका परीकार को सट्टा ताजा फलफुल लिने वानी बसाल्नु पर्छ । मौसम अनुसारको फलफुल जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल बेलौती, मेवा का साथै अंकुरित मुंग र मेथीहरु मौसमि तरकारीहरु लाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ ।  ठोस भोजन दिनको दुई पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैकोभात, गहँुको वा मकैको पिठोको रोटि, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् ।


मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ । बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ । माछा, मासु अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । 

चीकु, केरा, स्याउ, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।   

 अङ्गब्यायम,रिढब्याम, सिथिलीकरणब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ । एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन, पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ । कब्जियत आफैमा ठुलो समस्या नभय पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई  सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।  नियमित रुपमा व्यायम गर्ने वानी वसालौ, अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न मद्दत पु¥याउछ । हाम्रो डक्टर 

Top Post Ad

post bottom ads

Ads Bottom