Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अंग्रेजी आवासीय मा.वि. मा देउसीभैलो प्रतियोगिता सम्पन्न - Marigold


पोखरा , कार्तिक ५ गते  । पोखरा १५ नयाँगाउमा अवस्थित मेरिगोल्ड अंग्रेजी आवासीय मा वि ले अन्तर सदनात्मक तिहार बिशेष देउसी भैलो प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले आफ्नो शुक्रबारीय कार्यक्रम अन्तर्गत कार्तिक ४ गते शुक्रबारका दिन नेपाली संस्कृतिको संरक्षण गर्ने सँगै विद्यार्थीहरूलाई तिहारको वास्तविक संस्कार र संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले विद्यालय प्राङ्गणमा उक्त देउसी भैलो प्रतियोगिता सम्पन्न गरेको हो । 

प्रतियोगितामा माध्यमिक र आधारभूत तहबाट हरियो सदन उत्कृष्ट भएका थिए । उत्कृष्ट समुहलाइ विद्यालयले नगद र बिशेष पुरस्कार प्रदान गरेको थियो  । पुरस्कार वितरण गर्दै विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङले विद्यालय संगै  विद्यार्थीहरुको पनि  आफ्नो मौलिक संस्कृतिलाइ जगेर्ना गर्न महत्वपूर्ण भूमिका हुने बताउँदै उत्कृष्ट समुहलाई बधाई ज्ञापन गर्नुभयो  ।  नेपालीहरुले मनाउने विभिन्न चाडपर्वहरूले एकता सँगै आपसी सद्भावको सन्देश दिने बताउँदै निर्देशक गुरुङले विद्यार्थीहरूलाइ पनि एकता सद्भाव र प्रेमका साथ  आफ्ना संस्कृति मनाउनुपर्नेमा जोड दिनुभयो  ।

त्यस्तै प्रतियोगिताको मूल्यांकनकर्ताको रुपमा संजय गुरुङ र कविता गुरुङ रहनुभएको उक्त कार्यक्रममा पोसाकमा  उत्कृष्ट भएको  रातो सदन र  सहभागी मध्येबाट अन्य ९ जना उत्कृष्ट  बिद्यार्थीहरुले पनि बिशेष पुरस्कार प्राप्त गरेका थिए  । 

Top Post Ad

post bottom ads

Ads Bottom