Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शिक्षक सेवा आयोगले यस पटक पनि तीन तहकै विज्ञापन खुलाउने - Teachers Service Commission


कात्तिक १४,  शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।

शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर शिक्षक छनोट गर्ने उल्लेख गरिएको छ।

 नियमावलीको उक्त व्यवस्था संशोधन भएपछि वा शिक्षक सेवा आयोगसम्बन्धी छुट्टै कानुन बनेमा मात्रै दुई तहको शिक्षक छनोट गर्न सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिनुभयो। आयोगले वार्षिक कार्यतालिकाअनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो। सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएपछि विज्ञापन प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ। रिक्त दरबन्दीबारे केन्द्रले असोज महिनाभित्रमा पठाइसक्नुपर्ने भए पनि प्राप्त नभएकोले विज्ञापन प्रक्रियामा ढिलाइ भएको आयोगका सूचना अधिकारी मरहट्ठाले जानकारी दिनुभयो।


केन्द्रले आगामी चैत मसान्तभित्र रिक्त हुने दरबन्दी हिसाब गरेर आयोगमा पठाउनेछ। उक्त दरबन्दी र विगतमा सञ्चालन गरिएको परीक्षामा अनुत्तीर्ण भएका रिक्त दरबन्दीलाई समेत जोडेर विज्ञापन गरिनेछ। आयोगले वार्षिक कार्यतालिकाअनुसार मङ्सिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्न माध्यमिक तहको विज्ञापन गर्नेछ।

आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा सहभागी परीक्षार्थीको नतिजा सार्वजनिक गरिसकेको छ। अन्तर्वार्ताबाट समेत सफल भएका सबै शिक्षकलाई नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा यसै साताभित्र सिफारिस गरिने आयोगले जनाएको छ।

आयोगले वार्षिक कार्यतालिकाअनुसार मङ्सिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्न माध्यमिक तहको विज्ञापन गर्ने 



आयोगले सिफरिस गरेपछि केन्द्रले ती शिक्षकलाई पदस्थापनाको लागि सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनेछ। आयोगले गत माघमा सबै विषयका लागि कुल एक हजार ४७८ कोटाका लागि परीक्षा सञ्चालन गरेको थियो। जसका लागि ३५ हजार ५५६ जना परीक्षामा सहभागी भएका थिए। उक्त परीक्षाबाट तीन हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए। दोस्रो तहको परीक्षामा सफल भएर एक हजार ४७८ जना मात्रै अन्तर्वार्तामा सहभागी भएको खबर गोरखापत्र दैनिकमा छ ।   

Top Post Ad

post bottom ads

Ads Bottom