Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काश्यप गोत्रीय घिमिरे खड्का वंशको प्रथम राष्ट्रिय भेला स्याङ्जामा सम्पन्न- Update

 

स्याङ्गजा , आश्विन २५ गते ।  नेपालमा इ.पू. प्रथम शताब्दी भन्दा धेरै अगाडि देखि बसोबास गर्दै आएका खस क्षत्री जाति अन्तरगतका काश्यप गोत्रीय घिमिरे खड्का वंशको प्रथम राष्ट्रिय भेला २०७९ असोज २२ गते फेदीखोला, स्याङ्जामा सम्पन्न भएको छ  । 

आफ्ना पुर्खाहरुद्वारा रचिएको गर्विलो विरासतको जगेर्ना गर्दै  आम सगोत्रीय दाजुभाइ दिदीबहिनीहरुको उत्थानको लागि पहल गर्ने र चिरकालसम्म भाइचाराको सम्बन्ध सुनिश्चित गर्दै काश्यप गोत्रीय घिमिरे खड्का वंशको वंशावली एवम् प्रोफाइल प्रकाशन गर्नु यसको मुख्य उद्देश्य रहेको वंशावली अभियान्ता शोभित खड्काले बताउनुभयो  ।

झण्डै तीन वर्षको अनवरत सामुहिक प्रयास र अभियान मार्फत देशका ३२ पालिकाहरु र भारतका विभिन्न सहरुहरुमा बसोवास गर्ने ७३० काश्यप गोत्रीय घिमिरे खड्का परिवारहरु संङ्गठित भइसकेको कार्यक्रम संयोजक धनराज खड्काले बताउनुभयो ।

उक्त भेलामा १९ वटा कलस्टरमा कुलपूजा गर्ने २५० जना प्रतिनिधिहरुको सहभागिता थियो । त्यस्तै कार्यक्रममा  स्वागत भाषाण हरि बहादुर खड्काले गर्नु गर्नुभएको थियो  । 

सबै कलस्टरका टिम लिडरले आ-आफ्नो कलस्टरका वंशावलीका ड्राफ्ट प्रस्तुत गर्नुको साथै सहभागि सहगोत्रीय बन्धुहरुको परिचय गराएको उक्त भेलामा मुल आयोजक समितिका संयोजक धनराज खड्का, मञ्च व्यवस्थापन संयोजक प्रकाश खड्का, अतिथी सत्कार संयोजक क्या. लेख बहादुर खड्का, भोजन व्यवस्थापन संयोजक ख्याम बहादुर खड्का, प्रारम्भिक वंशावली एवम् प्रोफाइल प्रस्तोता सोभित खड्का, चाउकेस्वारा आमा समूह, कार्यसूची प्रस्तोता ओम बहादुर खड्का, सहायक हवल्दार भीम काफ्ले र सम्पूर्ण सहभागी खड्का लगायतको उपस्थिति संगै सहयोग रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सुन्दरीजल (काठमाडौं), दारसाङ्गदी, तनहुँसुर (व्यास न.पा.), हिरापुर (शुद्धोधन गा.पा), गोस गुमाद को गोपास, रीज, खुर्सानीडांडा, रोजिखोला, डाडोकोट (मिरकोट न.पा. जगत भञ्याङ, मिनाङकोट, वनपाला मिनाङकोट, धौखोला, (वालिङ न. पा.), मिर्रेखोला (विरुवा गा.पा), ओइया (आँधिखोला गा.पा), फुटाहा (बढाताल गा.पा, बर्दिया) तथा फेदिखोला गा.पा का दाजुभाइ दिदिवहिनी हरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

त्यस्तै  फेदीखोला निवासी ८६ वर्षिय कृष्ण बहादुर खड्का क्षेत्रीको अध्यक्षतामा ३३ सदस्यीय तसर्थ समिति गठन भयो ।

प्रत्येक कलस्टरका उपसमितिमा सदस्य संख्या र आवश्यकता आधारमा पदाधिकारी एवंम् सदस्यहरु ७ देखी २१ जना सम्म रहेछन् अधिवेशन प्रतिनिधीको चयन सम्बन्धमा, प्रत्येक कलस्टरमा बसोबास गर्ने परिवारको संख्याको आधारमा ५६ जना र कार्यसमिति सदस्यहरु ३३ जना गरी जम्मा ८९ सदस्यहरु रहने छन्  ।

उक्त कार्यक्रममा कार्यक्रम संयोजक धनराज खड्का लगायत अन्य खड्का दाजुभाइ दिदीबहिदीहरु जस्तै उत्तम खड्का, मेघ बहादुर खड्का, चोपेन्द्र खड्का, ओम खड्का, सु. केशर बहादुर खड्का, सुं लोक बहादुर खड्का, भरतजङ खड्का, खिम बहादुर खड्का, दसरथ खड्का, कमल खड्का (विरुवा), निर बहादुर खड्का, कमल खड्का (हिरापुर), ख्याम बहादुर खड्का (फेदिखोला), प्रकास खड्का, गोपाल खड्का, डिल बहादुर खड्का, सु. धन बहादुर खड्का, देव बहादुर खड्का, पूजा खड्का, ख्याम बहादुर खड्का (ओइया) लगायतले मन्तव्य राख्नुभएको थियो भने  कार्यक्रमको संचालन चोपेन्द्र खड्का र गवाण खड्काले गर्नु भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom