Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको ज्यान गयो - Brighter Khabar


कात्तिक १५,   पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । 

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । 

उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


यो पनि :  ( सन्दीपको बयान आज देखि )

राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो। प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो। मुद्दामा अब मङ्गलबारदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जबर्जस्ती करणीमा सन्दीपलाई १० देखि १२ वर्षसम्मको अधिकतम सजाय माग दाबीसहित मुद्दा दायर भएको बताउनुभयो। नेउपानेले भन्नुभयो, “हामीले मुद्दा दर्ता गरेका छौँ। जबर्जस्ती करणी कसुरमा अधिकतम १२ वर्षसम्म सजायको माग गरिएको छ। क्षतिपूर्ति भराउन माग पनि गरिएको छ। अब अदालतमा बयान र थुनछेकको प्रक्रिया प्रारम्भ हुनेछ।”

मुद्दामा सन्दीपले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान, काठमाडौँ र नगरकोटको होटलको सीसीटीभी फुटेज, पीडितको स्वास्थ्य जाँच प्रतिवेदनलगायतलाई प्रमाणका रूपमा पेस गरिएको छ। सन्दीपले अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा जबर्जस्ती करणी भने इन्कार गर्नुभएको छ। अन्य परिस्थितिजन्य प्रमाणलाई पनि आधार लिइएको छ। 

सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को खण्ड (घ) अनुसारको सजाय दाबी गरेको छ। जसमा १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेर समूहका करणी कसुरमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। पीडित युवतीको उमेर सोही उमेर समूहको रहेकाले सन्दीपलाई कसुर ठहर भएमा कम्तीमा १० वर्ष कैद सजाय हुनेछ। अदालतले अभियोग दाबीअनुसार जरिवाना तथा क्षतिपूर्ति भराउने आदेश दिन सक्ने छ। अभियोगपत्रमा सन्दीपको सम्पत्ति रोक्का आदेशको पनि माग गरिएको छ। 

जिल्ला अदालतमा मङ्गलबारदेखि सन्दीपको बयान हुनेछ। बयान सकिएपछि सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। सोपछि अदालतले आदेश सुनाउनेछ। सन्दीपलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन, धरौटीमा राख्ने वा तारेखमा राख्ने थुनछेक आदेश अदालतले गर्नेछ। राष्ट्रिय टिममा कप्तान रहनुभएका लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै केन्यासँग मैत्रीपूर्ण एकदिवसीय र टी–२० प्रतियोगिता खेल्न जानुभन्दा अघिल्लो रात आफूलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवतीले जाहेरी दिनुभएको थियो। भदौ ५ गतेको घटनामा युवतीले २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिनुभएको थियो। नगरकोट र काठमाडौँको होटलमा आफूलाई लामिछानेले पटक–पटक करणी गरेको आरोप युवतीको थियो। 

बलात्कार आरोप लाग्दा क्यारेबियन प्रिमियर लिग खेल्न नेपालबाहिर रहनुभएका लामिछाने असोज २० गते स्वदेश फर्कनुभएको थियो। स्वदेश फर्कने क्रममा विमानस्थलबाटै लामिछाने पक्राउ पर्नुभएको थियो। प्रहरीले पक्राउ अनुमति भने भदौ २३ गते नै लिएको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom