Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ - Brighter Khabar


कात्तिक २९ गते । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ । बीस वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।

यो पनि : 

टीकापुरमा श्रृखलावद्ध तोडफोडका घटना बढ्दै गएको छ । आइतबार राति टेकबहादुर साउद स्मृति पाकको पर्खाल भत्काएको छ भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयका गेटमा ढुङ्गा प्रहार भएको छ ।

२०७२ साल भदौ ७ गतेको हिंसात्मक घटनाका दिन घरैमा गोली लागेर ज्यान गएका बालक टेकबहादुरको स्मृतिमा पार्क बनिरहेको छ । पार्कमा कात्तिक २१ गते राति पनि पर्खाल भत्काएको थियो त्यहाँका झुला चोरी भएको थियो भने ढिकी उखेलेर फालिएको थियो । तर प्रशासनले भने यी घटनालाई चासोका साथ लिएको छैन । 

२०७२ सालको घटनासँग जोडिएको पार्क र त्यही घटनालाई राजनीतिक मुद्दा बनाएर स्थापना भएको नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा भएका घटनाप्रति स्थानीय स्तरमा चिन्ता र शङ्का व्यक्त गरिएको छ । शिक्षक चित्रबहादुर चौधरी एकातिर साउँदको स्मृति पार्क भत्काउँदा थारुले ग¥यो कि भन्ने र उता नागरिक उन्मुक्तिको पार्टीको कार्यालयमा ढुङ्गा हान्दा पहाडीले हान्यो कि भन्ने शङ्का हुने गरी गतिविधि हुँदो यो सामाजिक सद्भाव बिगार्ने र अर्को घटना हुनसक्ने भएकाले सबै चिन्तित हुनुपर्ने बताउनुहुन्छ  ।

स्थानीय मातृका तिमिल्सेना दुवै घटना सद्भावका लागि प्रतिकूलको सङ्केत मान्दै अहिले पनि पर्दाभित्रबाट सद्भाव भड्काएर आफ्नो दुनो सोझ्याउन लागेको र सुरक्षा निकायको ढिलासुस्तीले चुनौती थपिँदै छ भन्ने शङ्का बढेको बताउनु हुन्छ ।

नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईँ पटक पटक पर्खाल भत्किइनु र पार्टी कार्यालयमा भएको गतिविधि खेदजनक भएको र यसलाई सानो रूपमा नलिई सम्बन्धित निकाय संवेदनशील हुन आग्रह गर्नुहुन्छ ।

टेकबहादुर स्मृति प्रतिष्ठानका सचिव वीर बहादुर चौधरीले घटना चिन्ताजनक भएको र यसका बारेमा प्रहरीलाई जानकारी गराइएको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी कार्यालयमा ढुङ्गा हानेको विषयमा पार्टी गम्भीर रहेको तर बाहिर गेटमा हानेकाले तत्काल ‘पर्ख र हेर’को अवस्थामा रहेको पार्टी श्रोतले जनाएको छ ।

टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले अघिल्लो साता पार्क भत्काउने, आइतबार राति पार्टी कार्यालयमा ढुङ्गा हान्ने कामले टीकापुरप्रति दुराशय राख्ने, राजनीतिक रोटी सेक्ने प्रवृत्ति हुनसक्ने भएकाले टीकापुरवासी संयमित भएर रहन आग्रह गर्नहुन्छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाही दुवै घटनाको मौखिक उजुरी आएको र प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउनुहुन्छ ।

२०७२ साल भदौ ७ र ८ गते भएको हिंसात्मक र ध्वंसात्मक घटनाबाट त्राण नपाएको टीकापुरमा सोही घटना निकटका क्षेत्रमा निर्वाचनको मुखमा भएका तोडफोडका गतिविधिले यहाँ त्रास बढाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom