Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मतदानका क्रममा भएको घटनामा गोली लागेर एकजनाको ज्यान गयो, तिन घाइते - Brighter Khabar

सांकेतिक तस्विर 


मङ्सिर ५, बाजुरामा मतदानका क्रममा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर अनेरास्ववियुका केन्द्रीय सदस्य सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम उपाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।

बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो । त्यसैगरी बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगङ्गा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom