Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उजुरी दिन गएका व्यक्तिको मोटरसाइकल प्रहरीचौकीको गेटबाटै चोरी - Brighter Khabar


कात्तिक १६,   उजुरी दिन गएका व्यक्तिको मोटरसाइकल प्रहरीचौकीको गेटबाटै चोरी  भएको छ  ।  

जिल्ला प्रहरी कार्यालय सप्तरीमा  कुटपिटको उजुरी लिएर गएका एकजना पीडितको जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाइकल चोरी भएको हो  ।

उजुरी लिएर जाँदा सेतो नम्बर प्लेट को १ ब १०६९ सरकारी मोटरसाइकल चौकीको गेटबाटै चोरी भएको हो । पिडित बुधवार बिहानै जग्गा विवादको विषयमा भएको कुटपिटमा दुईजना घाइते भएको र सोही विषयको उजुरी लिएर प्रहरी चौकी पुगेका थिए   । 

चौकीमा  लिखित उजुरीपछि घाउ जाँच गरेको  पत्र  लिएर केहि  मिनेटपछि फर्किंदा मोटरसाइकल गायब भएको पीडितले बताएका छन्  ।

यो पनि :

के हुँदै छ सन्दीपको मुद्दा 

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।

यसअघि मङ्गलबार सन्दीपको बयान लिइएको थियो । बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिनुभएको थियो । साथै सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गर्नुभएको थियो ।

अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेन : सन्दीपका वकील

सन्दीप पक्षका वकील मुरारी सापकोटाले थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको बताउनुभयो । उहाँले जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको जानकारी दिनुभयो ।

उहाँले आफूहरुले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताउनुभयो । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ''आज विशेष गरी प्रतिवादीको तर्फबाट काठमाडौं जिल्ला अदालत समक्ष हामीले दुई वटा विषयवस्तु जोडदार रुपमा उठायौँ । पहिलो कुरा जुन जबरजस्ती करणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने, किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।''

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी  भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom