Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गस्ती जाँदा लडेर घाइते भएका म्यादी प्रहरीको ज्यान गयो - Brighter Khabar


कात्तिक १७, गस्ती जाँदा लडेर घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ । धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका १ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको हो ।

ज्यान जानेमा सोहि ठाउँकी २१ वर्षीया भवानी खकुराल रहेको प्रहरीले जनाएको छ  । लडेर घाइते भएकी खाकुरलालाई काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको भए पनि  उपचार हुन नसकी न्युरो अस्पताल रिफर गरिएको थियो  । अस्पताल पुर्यैएको केहि समयमै उनलाई अस्पतालले  मृत घोषणा गरेको थियो  ।

उनि  गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते भएकी थिइन्  ।

खाकुरालको बिमा नगरिएको भन्ने बुझिएकाले  क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने बताइएको छ ।

यो पनि :

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार जिल्लाको आठबिसकोटबाट जिल्ला सदरमुकाम मुसिकोट आउँदै गरेको लु १ ज १५६९ नम्बरको यात्रुबहाक जिप बुधवार बेलुका मुसिकोट नगरपालिका १ सल्लेदेखि तल रहेको सतिपोले नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परेर आठबिसकोट नगरपालिका २ का १५ वर्षीय भूपाल थापा, सोही स्थानका ५० वर्षीया कमला बुढा, ३० बर्षीया रमिता थापा बोहरा र आठबिसकोट ३ का ९ वर्षीय अभिषेक बोहरा घाइते हुनुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom