Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतिय पैसा लेनदेन गर्नुहुन्छ? होसियार , नक्कली भरतिय नोट सहित दुई पक्राउ - Brighter Khabar

 

कात्तिक १६ गते । नेपाल प्रहरीले महोत्तरी जिल्लाको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका दुईजना नागरिकलाई पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिल कुमार शास्त्री र सितामढी चोरौत पूर्वी वडा न।१ बस्ने वर्ष २४ को मनिषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलले मटिहानी नगरपालिका वडा नं। ८ स्थित धानबजार चौकमा दुई जना भारतीय नागरिकहरू भारतीय नक्कली नोट बोकी सामान खरिद गर्न आएको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको बताउनुभयो । 

शंकास्पद अवस्थामा पक्राउ परेका दुवैजनालाई खानतलाशी गर्दा सुनिलकुमार शास्त्रीको साथबाट तीन हजार दुई सय भारतीय नक्कली नोट, भिवो कम्पनीको मोबाइल र निजको आधार कार्ड फेला परेको र मनिषकुमार पासवानको साथबाट रेडमी कम्पनीको मोवाईल र निजको आधार कार्ड बरामद भएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । शास्त्रीको साथबाट भारतीय रुपैया पाँच सयको नोट दुई थान, दुई सयको नोट पाँच थान, एक सयको नोट दुई थान बरामद भएको हो ।

सूचनाको आधारमा तत्कालै प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिएको बताउनुहुदै उहाँले दुबै जनाको महोत्तरी जिल्ला अदालतबाट सात दिने म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूर ९खोटा चलन० मुद्दामा थप अनुसन्धान गरिरहेको बताउनुभयो । 

खुला सिमानाका कारण महोत्तरीमा पटक पटक भारतीय नक्कली नोट, अवैध भारतीय रकमसहित पक्राउ गर्ने बढेको देखिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom