Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जापानको टोकियोमा विदेशीहरूको झडपमा दुई नेपाली गम्भीर घाइते- Brighter Khabar


कात्तिक १५, सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार हुँदा उनीहरू गम्भीर घाइते भएका छन् ।

तोशिमा वार्डको किता ओत्चुकामा रहेको रामेन पसलको अगाडि “विदेशी ग्राहकहरू झगडा गरिरहेका छन” भन्ने रिपोर्ट प्राप्त भएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी विभागको टोलीले झडपपछि घाइते अवस्थामा दुईजना नेपाली नागरिकलाई अस्पताल लगेको जनाएको छ । 

घटनास्थलबाट नजिकैको सडकमा प्रहरीले भेटाएका चारजना नेपालीमध्ये एकजना ३० वर्षका पुरुषको हात खुकुरीले काटेको र अर्का ३० वर्षकै पुरुषको टाउकोमा बियरको बोतल जस्तो लाग्ने धारिलो हतियारबाट चोट लागेको देखिएको र उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल लगिएका ती दुई जना गम्भीर घाइते अवस्थामा छन् ।

घटनास्थलबाट फरार रहेका अन्य समूहको अवस्थाबारे महानगरीय प्रहरी प्रभागले अनुसन्धान गरिरहेको छ । सुरुमा दुईजना घाइतेको अन्य दुई विदेशीसँग झगडा गरेका र त्यसपछि उनीहरुसहित १० जनाभन्दा बढी साथी मिलेर दुई समूहबीच हानाहान भएको बताइएको छ ।

महानगरीय प्रहरी महाशाखाले घाइतेहरूबाट सो घटनाको बारेमा जानकारी लिँदै घटनास्थलबाट फरार भएको समूहको अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom