Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डमा आधारभूत तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, रातो सदन प्रथम - General Quiz

 


पोखरा , कात्तिक २५ गते  । पोखरा १५ नयाँगाउँमा अवस्थित मेरिगोल्ड अंग्रेजी आवासीय माविमा आधारभूत तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ   । 

विद्यालयले आफ्नो बार्षिक कार्यतालिका अनुसार अतिरिक्त  क्रियाकलाप अन्तर्गत आधारभूत तहको हाजिरी जवाफ प्रतियोगिता शुक्रबार आफ्नै सभाहलमा सम्पन्न गरेको हो  ।

कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू सहभागी उक्त कार्यक्रममा रातो, निलो, हरियो र पहेंलो गरी चार सदनको सहभागिता रहेको थियो ।

कार्यक्रममा रातो सदनका विद्यार्थीहरु  सहिद अलि, बिनम थापा , रायन छेत्री र रोशनी सुनारको समूहले  प्रथम स्थान प्राप्त गरेका थिए भने पहेँलो सदनबाट  स्वस्तिका थापा ,सन्ध्या राना, डेभिड खड्का र रबिन थापाको समुहले दोश्रो स्थान प्राप्त गरेका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom