Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डमा तिन दिवसीय खेलकुद सम्पन्न -Marigold Sports Meet 2079


पोखरा १५ नयाँगाउमा अवस्थित मेरिगोल्ड अंग्रेजी आवासीय माविमा  तिन दिवसीय खेलकुद  सम्पन्न भएको छ  । विद्यालयले मङ्सिर ७ गते देखि ९ गते सम्म तिन दिवसीय खेलकुद दिवस सम्पन्न गरेको हो  ।

नर्सरी देखि कक्षा १२ सम्म विभिन्न विधामा खेलकुद प्रतियोगिता सम्पन्न गरेको विद्यालय प्राचार्य प्रविण गुरुङ्गले बताउनु भयो ।

विद्यार्थीहरूलाई  पढाइका अलवा शारीरिक र मानसिक विकासका लागि खेलकुदले विद्यार्थीहरुमा सकारात्मक भूमिका खेल्ने बताउँदै विद्यालयको बार्षिक कार्यतालिका अनुसार खेल दिवस सम्पन्न गरेको प्रचार्य गुरुङले बताउनुभयो  ।

त्यस्तै विभिन्न विधाका प्रतियोगितामा सहभागी भएर विजेता हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो  । विभिन्न खेलमा सहभागी १८० जना भन्दा बढी विद्यार्थीहरुले  पुरस्कार प्राप्त गरेका थिए  । 

पुरस्कार वितरण समारोहका अध्यक्ष एवम् विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङले खेलकुद स्वस्थ जीवनको अङ्ग भएकाले विद्यार्थीहरुको सबै पक्षको विकासमा पनि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 


Top Post Ad

post bottom ads

Ads Bottom