Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जिल्ला प्रशासन कार्यालय स्याङ्गजाले जारी गर्यो सामाजिक सञ्जाल प्रयोगकर्तालाई महत्वपूर्ण सूचना , सूचना सहित - Syangja Update

 


कात्तिक २५, स्याङ्गजा   ।
सामाजिक प्रयोगकर्तालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले महत्वपूर्ण सूचना जारी गरेको छ  ।
नजिकिदै गरेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा स्याङ्गजाले सूचना जारी गरेको हो  ।
सामाजिक संजालहरु मार्फत गरिने प्रचार प्रसारहरुमा फेक आइडिहरुको प्रयोग गरी गैरकानूनी क्रियाकलापहरु भईरहेको भन्दै त्यसो गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताइएको छ । 
सूचनामा भनिएको छ :  'यही मिति २०७९ मंसिर ०४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा सामाजिक संजालहरु मार्फत गरिने प्रचार प्रसारहरुमा फेक आइडिहरुको प्रयोग गरी गैरकानूनी क्रियाकलापहरु भईरहेको भन्ने सूचना प्राप्त भएकोले सो तर्फ जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छ ।'
कोही कसैले कानुन विपरित हुने गरी त्यस्ता कार्यहरु गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सूचना मार्फत जनाइएको छ  । तथापि अहिले सम्म भने कसैलाई पनि कारबाहीको दायरामा भने ल्याइएको भेटिएको छैन ।
सूचना जारी गर्दै भनिएको छ :

'यही मिति २०७९ मंसिर ०४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा सामाजिक संजालहरु मार्फत गरिने प्रचार प्रसारहरुमा फेक आइडिहरुको प्रयोग गरी गैरकानूनी क्रियाकलापहरु भईरहेको भन्ने सूचना प्राप्त भएकोले सो तर्फ जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी भएका यस्ता गतिविधिहरुले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन प्रक्रियामा बाधा पुग्न जाने हुँदा यस्ता खालका क्रियाकलापहरु कोही कसैले नगर्नु नगराउनुहुन अनुरोध छ यदी कोही कसैले कानुन विपरित हुने गरी त्यस्ता कार्यहरु गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ'

Top Post Ad

post bottom ads

Ads Bottom