Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्वविद्यालयद्वारा पुनः नतिजा प्रकाशन , सूचना सहित - TU Result


मङ्सिर १,   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन गरेको छ  । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७८ साल श्रावण महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चारवर्षे बी. बी. एस. प्रथम वर्ष २०७७ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरेको हो  ।

नतिजा प्रकाशन गरेको सुचना जारी गर्दै त्रि वि ले भनेको छ : 

''त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ साल श्रावण महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चारवर्षे बी. बी. एस. (4 Years BBS 1 Year) प्रथम वर्ष २०७७ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । त्रि. वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६० २६० २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षा क्रमाक ७००३८०९४१, ७००४८२९८६, ७०३०४०१२२, ७०४२२०१९७ ७०४६४०००९, ७०६०१००२० र ७०९२०००४५ का परीक्षार्थीहरुलाई २०७६ सालसम्म २ (दुई) वर्षको लागि त्रि. वि. बाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ । उक्त परिक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ भने 4BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ । परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखि प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।''



Top Post Ad

post bottom ads

Ads Bottom