Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

थप दुइ डेंगु सङ्क्रमितको ज्यान गयो - Brighter Khabar


मङ्सिर १५, पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार १० दिनमा १३ सय ९५ डेंगु सङ्क्रमित थपिएसँगै अहिलेसम्म ७७ जिल्लाबाट ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमण पुष्टि भएको छ  ।

डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ ।

यो पनि : 

कैलालीको धनगढीमा आज कालिका कन्स्ट्रक्सनको ग्रेडरले कुल्चिदा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत धनगढी –५ तारानगरकी १४ वर्षीया चेतना साउँदको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका –५ हसनपुरस्थित पीपलचौतारा नजिक बाटो कालोपत्रे गरिरहेको ना १ क ९७५ नम्बरको ग्रेडर लेवल मिलाउँदै ब्याक गर्नेक्रममा साइकलयात्री छात्रालाई कुल्चेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग्रेडरले कुल्चिदा घटनास्थलमै विद्यार्थीको ज्यान गएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ग्रेडरचालक भरतपुर नगरपालिका चितवनका २८ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, ग्रेडर पनि प्रहरी नियन्त्रणमा रहेको छ । ग्रेडरले कुल्चेर छात्राको मृत्यु भएपछि पञ्चोदय स्कुलका विद्यार्थी आन्दोलनमा उत्रेका छन् ।

दोषीलाई कडा कारबाहीको माग गर्दै पीपलचौतारा क्षेत्रमा प्रदर्शन गरेका छन् । मृतकको शव घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom