Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँले घटायो - Brighter Khabar


 पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको जनाएको छ । नयाँ मूल्य गएराति १२ बजेबाट लागू भएको छ । मूल्य घटेसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य घटाइएको निगमले जनाएको छ। एलपी ग्यासको भने मूल्य यथावत छ ।

यो पनि : 

जर्मनीको राजधानी बर्लिनमा रहेको र्‍याडिसन ब्लु होटलको विशाल एक्वेरियम विस्फोट भएको छ ।

एक्वेरियम विष्फोट भएपछि त्यहाँबाट १० लाख लिटर पानी भल बनेर बग्दा हंगामा नै भएको छ । साथै पानीमा रहेका करिब एक हजार ५ सय माछा मरेका छन् । विशाल एक्वेरियम अचानक विष्फोट भएपछि होटेलमा सानो भूकम्प आएजस्तै भएको होटेलमा रहेका अतिथिहरुले बताएका छन् । स्थानीय समयअनुसार बिहान ५ बजेर ५० मिनेटमा विष्फोट भएको हो । झण्डै १६ मिटर अग्लो बेलना आकारको एक्वेरियम विस्फोट हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बर्लिनको अग्नि नियन्त्रक विभागका प्रवक्ताले एक्वेरियम रहेको होटल परिसरको भुइँतलामा रहेको १० लाख लिटर पानी र भित्रका सबै माछा बगेर मरेको जानकारी दिनुभयो । एक्वेरियमको सिसाको छर्रा लागेर होटेलमा रहेका दुई जनालाई सामान्य चोट लागेको छ ।

बर्लिनका मेयरले घटना पूर्ण सुनामी जस्तै भएको बताउनु भयो । साथै घटना बिहानै भएकाले निकै थोरै मानिस मात्र घटनास्थल वरपर रहेकाले पनि ठूलो क्षतिबाट जोगिएको बताउनु भयो । बर्लिनको विशाल एक्वेरियम लामो समयदेखि बर्लिनमा एक लोकप्रिय पर्यटक आकर्षणका रूपमा रहेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom