अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मूल्य घटेर आएकाले निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ । यस्तै हवाई इन्धन आन्तरिकमा ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपियाँ नाफा गरेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा कायम रहेको निगमले जनाएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपियाँ नाफा हुने अनुमान गरिएको खबर गोरखापत्रमा छ ।
इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेकाले निगमले मूल्य घटाएको थिएन ।