Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आरुपाटा बाख्रा पालन किसान समुह अर्जुनचौपारीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न- Brighter Khabar


स्याङ्गजा , पौष ९ गते  अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ आग्रीखर्कमा अवस्थित आरुपाटा बाख्रा पालन किसान समुहको सार्वजनिक  सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

विगत दुइ बर्ष अगाडीबाट संचालनमा आएको बाख्रा पालन किसान समुहले पौष ९ गतेका दिन विभिन्न व्यक्तिहरुको उपस्थितिमा  धर्मदत्त काफ्लेको अध्यक्षतामा सार्वजनिक  सुनुवाई कार्यक्रम सम्पन्न गरेको  हो ।

 कार्यक्रममा   समुहका प्रेम लाल लम्सालले आम्दानी खर्चको सुनुवाई गर्नुभएको थियो सुनुवाई गर्दै लम्सालले  कुल लगानी १६८९४३२० रहेको जानकारी दिनुभयो  ।  

कार्यक्रममा वडा अध्यक्ष शोभाकान्त काफ्ले संगै वडा सदस्य , स्थानीय राजनीतिक प्रतिनिधि सँगै सर्वसाधारणको  समेत सहभागिता रहेको प्रेम लाल लम्सालले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom