Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुपादेउराली दर्शन गरेर फर्केको कार दुर्घटना हुँदा ५ जना घाइते, दुइको अवस्था गम्भीर - Brighter Khabar


तनहु जिल्लाबाट सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको जिप सडकबाट झन्डै ८० मिटर तल सितखोलामा खस्दा एकै घर परिवारका ५ जना घाईते भएका छन्  । 

सन्धिखर्क सडक खण्डको शितगंगा-२ सितापुर राजुबास झोलङगेपुल नजिकै कार दुर्घटना हुँदा ५ जना घाईते भएका हुन्  ।

दुर्घटनामा परि घाईते हुनेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ बर्षीय लक्ष्मी त्रिपाठी, २५ बर्षीय प्रकृति त्रिपाठी, ५२ बर्षीय अन्शु त्रिपाठी, २७ बर्षीय शिरिर त्रिपाठी,  र कार चालक ३१ बर्षीय शिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये प्रकृति त्रिपाठी र चालक शिशिर त्रिपाठी दुई जनाको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । 

गुडिरहेको कारको   ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट तल खोलामा खसेको बताईएको छ ।

घाईतेलाई प्राथमिक प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom