Breaking Posts

Type Here to Get Search Results !

नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ- Brighter Khabar

Top Post Ad

 


पोखरा -  नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । साठी सदस्यीय प्रदेशसभामा सदस्यहरूलाई प्रदेशका  ज्येष्ठ सदस्य मित्रलाल  बस्यालले शपथ गराएका हुन् ।

हाल निर्वाचित सदस्यहरूमा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेकपा (एकीकृत समाजवादी)का १ सदस्य रहेका छन् ।

शपथसँगै सदस्यहरूले  प्रदेशको समृद्धि र विकासका लागि जिम्मेवारीहुँदै  जनताको भावनाअनुसार अघि बढ्ने बताएका छन् ।

यो पनि : 

 बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेशसभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गर्नुभए अनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक पुस १८ गतेलाई आह्वान गर्नुभएको बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिनुभयो ।

post bottom ads

Ads Bottom