Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अहिलेसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दलहरु - Brighter Khabar

गोरखापत्र

मङ्सिर १६ गते। निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ।  निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका शुक्रबार अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दल बनेका हुन्। यी सात दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेगरी तीन प्रतिशत थ्रेस होल्ड कटाएको उहाँको भनाइ छ। 

एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भइसकेको छ। न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना भइरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको जानकारी दिनुभयाे। 

उहाँले भन्नुभयो, ‘‘हालसम्म आज २०७९ साल मङ्सिर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्री भइसकेको अवस्था छ। प्राप्त मतको आधारमा सात वटा राजनीतिक दलले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छ।’’ 

आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ। दलले पाएको मत संख्या अनुसार उनीहरुले बन्द सूचीमा पठाएका समानुपातिक सांसद निर्वाचित हुनेछन्। त्यसका लागि आयोगले दलले प्राप्त गरेको संख्या पठाउने र दलले आफूले बन्द सूचीमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन्। त्यसो गर्दा एक तिहाई महिलाको संख्या भने राजनीतिक दलले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले बताउनुभएको छ। गोरखापत्र 

Top Post Ad

post bottom ads

Ads Bottom