Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

के तपाई नारायणगढ–मुग्लिङ सडक भएर यात्रा गर्दै हुनुन्छ, थाहा पाइराख्नुहोस यो समय बाटो बन्द हुनेछ - Brighter Khabar

फोटो:नेपाल टि भि अनलाइन 


पौष ४,  पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । ४ वटा पुल निर्माणको लागि ठाडो कडा पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले जनाएको छ ।

आयोजनाका कारण  उक्त सडकको  पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते देखि १ महिना सडक बन्द हुने छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुनर्निर्माणको लागि ठुलो काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरेर पहाड काट्ने काम हुने उहाँले बताउनुभयो ।

उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डमा १ अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

उक्त समयमा वैकल्पीक राजमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom