Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निर्वाचन पश्चातको आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू यस्ता छन् - Brighter Khabar


मङ्सिर २१,  नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्याधिश चोलेन्द्र समशेर जवरा विरुद्धको महाअभियोग प्रस्ताव अब गठन हुने संसदमा छलफलपछि मात्रै टुङगो लाग्ने बताउनु भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नबगठित प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव बारेमा छलफल हुने बताउनु भएको हो । त्यस्तै मन्त्री कार्कीले सुकुम्वासी समस्या बारेको जिज्ञासामा कुनैपनि नागरिकले यस्तो समस्या भोग्न नपर्ने गरी समस्या समाधान गर्न सरकार गम्भीर रहेको वताउनु भयो ।

सरकारले मंसीर १९ देखि २१ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना भएको साउथ र साउथ वेष्ट एशिया एस डि जी फोरममा सहभागी हुन योजना आयोगका सदस्य दिलबहादुर गुरुङ नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी २० मंसिरको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनाको लागी फिनल्याण्ड सरकारबाट २ अर्ब ४५ करोड र नर्वे सरकारबाट २ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नगद लेखा प्रणालिमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल सरकार प्रदेश सरकार र स्थानिय तहमा कार्यान्वयमा ल्याउन स्विकृति प्रदान गरेको छ ।

कर्मचारी सञ्चयकोषको प्रशासक पदमा जितेन्द्र धिताललाइ नियुक्त गरेको छ । त्यस्तै बैठकले जलविद्युत तथा प्रसारणलाइ निर्माण गर्न एक दर्जन बढि आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले मंसीर २० देखी २३ सम्म सिंगापुरमा हुने सत्रौं एसियाली तथा प्रशान्त क्षेत्रीय बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको प्रतिनिधिमण्डललाइ स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी तारागाँउ विकास समिति कर्मचारी सेवा शर्त र सुविधा सम्बन्धि विनियमावली बनाउन स्विकृति प्रदान गरेको छ ।

त्यसैगरी लुम्बिनी विकास कोषको कर्मचारी सेवा शर्त र सुविधा सम्बन्धि विनियमावलीलाई पनि स्वीकृति प्रदान गरेको छ । त्यसैगरी सरकारले पोलियो भाइरस खोप क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।-


 

Top Post Ad

post bottom ads

Ads Bottom