Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा अवस्थित सेन्ट मेरिज विद्यालयद्वारा विज्ञान तथा हस्तकला प्रदर्शनी - School News


पोखरा, मङ्सिर १७ गते ।   पोखरा १५ मा अवस्थित  सेन्ट मेरिज माध्यमिक विद्यालयले शुक्रबार  विज्ञान तथा हस्तकला प्रदर्शनी गरेको छ । 

विद्यालयका चार वटा सदनहरूले  मोडल इकोनोमिक टाउन, अन्टार्टिका,  हुमन इभोलुशन, मेसोजाइकलगायतका नमुनाहरू बनाएर प्रदर्शन गरेका हुन्  । त्यस्तै विद्यार्थीहरूले  सेभ द गल्स् चाइल्ड, डोन्ट वेस्ट फुड, महिला शिक्षालगायतका आकार सहितका नमुनाहरुको प्रदर्शन समेत  गरेका थिए ।

सेन्ट मेरिज माध्यमिक विद्यालयका प्रचार्य  दिपा सिजेको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा विद्यार्थीहरूले आ-आफ्ना  कक्षाहरूमा अध्ययन हुने हरेक  विषयको विज्ञान प्रदर्शनी समेत गरेको विद्यालयका शिक्षक सुमन अधिकारीले जानकारी दिए ।

प्रदर्शनीको मुल्यांकनमा पृथ्वी नारायाण क्याम्पस पोखराका (बिज्ञान भौतिक शास्त्रका) लेक्चर रेशम पौडेल लगायत अन्य सहकर्मी रहेका थिए   ।  

त्यस्तै  प्रदर्शनीमा अन्य विद्यालयको तर्फबाट  रेम्बो एकेडेमिक होम्स्, थ्रि एन्जल्स्, सेन्ट फ्रान्सिसका विद्यार्थीहरुले कार्यक्रमको अवलोकन गरेको थिए   ।  

Top Post Ad

post bottom ads

Ads Bottom