Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दरौँखोला सामीप्य समाज पोखराको अध्यक्षमा बोधराज गौतम- Brighter Khabar

 


पोखरा, पौष ३० गते ।

दरौँखोलाबाट पोखरा आई विभिन्न व्यवसाय,जागिर पेसा तथा स्थायी बसोबास गरी बसेका मानिसहरूको सुखदुःखको साझा चौतारीका रूपमा निर्माण भएको समाजको आज दोस्रो अधिवशन,पाँचौँ साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष शोभित खड्काको अध्यक्षता र संस्थाका संरक्षक  घनश्याम रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  बोधराज गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले  समाजको बहुउद्देश्यीय भवन निर्माणका लागि सहकार्य र एकताको आवश्यकता भएको बताउनुभयो। 

त्यस्तै संस्थाले साधारण सभाका अवसरमा प्रा.डा.कृष्ण कोइराला,बाल प्रभात बोर्डिङ स्कुल र लेखा संयोजक शिव अर्याललाई सम्मान गरेको छ भने संस्थाका संरक्षक श्री रामेश्वर अर्याललाई संरक्षकको प्रमाणपत्र प्रदान गरेको छ।

कार्यक्रमको पहिलो सत्रमा युवाका तर्फबाट बालकृष्ण घिमिरे,सल्लाहकार वरिष्ठ सई होतबहादुर रोका,संरक्षक रामेश्वर अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अनुजा गौतमले सन्देशमूलक कविता प्रस्तुत गर्नुभएको थियो।

पोतप्रसाद अर्याल संयोजक,सदस्यमा शिवप्रसाद अर्याल र डिल्लीराम अर्याल रहेको निवार्चन मण्डलले बोधराज गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो।कार्यसमितिको उपाध्यक्षमा गङ्गाराम पौडेल,सचिवमा नम रोका,सहसचिवमा विनिता घिमिरे,कोषाध्यक्षमा रामबहादुर क्षेत्री,सदस्यहरूमा मीना अधिकारी,छविलाल जिसी,झक रोका,मञ्जु कार्की,मिनप्रसाद तिवारी र सोवित रोका रहनुभएको छ।

त्यसैगरी जनसम्पर्क समितिको संयोजक क्याप्टेन मिनबहादुर कार्की सहसंयोजक डिल्लीराम घिमिरे,सचिवालय संयोजकमा शोभित खड्का,दिदीबहिनी क्वालिटी सर्कलको संयोजकमा मीना अधिकारी,सहसंयोजकमा मञ्जु कार्की,लेखा समिति संयोजकमा शिव अर्याल,सहसंयोजकमा कमल अर्याल,भजन कीर्तनको संयोजकमा नारायणदत्त अर्याल सर्वसम्मतिबाट चयन हुनुभएको छ।

त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बोधराज गौतमले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव डोलराज अर्यालले गर्नुभएको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom