Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुर्घटनामा परेको यति एयरको ककपिट भ्वाइस रेकर्ड हुने ‘ब्ल्याक बक्स’ भेटियो - Brighter Khabar


पोखरा, पौष २ गते ,  आइतबार पोखराको सेती खोंचमा  दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको खबर प्राप्त भएको छ । 

विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विमानको ‘ब्ल्याक बक्स’ भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

उक्त  ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुने भएकाले कसरी दुर्घटना भयो भन्ने सन्दर्भमा थप अनुसन्धानमा यसले सहयोग गर्ने छ  ।

यो पनि : 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाउने भएको छ ।

प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले पहिचान खुल्न नसकेका, विदेशी नागरिक र चालक दलका सदस्य तथा आफन्त नभएकाहरूको शव काठमाडौं पठाउने जानकारी दिनुभयो । साथै, उहाँले प्रतिष्ठानमा पोस्टमार्टम गर्न मिल्नेको गरिने बताउनुभयो ।

आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको शव पहिचान, व्यवस्थापन तथा पोस्टमार्टम कार्यमा सहजीकरण गर्नका लागि सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधि सभा सदस्यको उपस्थितिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (सोमबार) बिहान बसेको बैठकले यो निर्णय गरेको निर्देशक खत्रीले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom