Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज सोमबार, हेर्नुहोस कस्तो छ त तपाइको आजको राशिफल - Aajako rashifal

 


आज मिति २०७९ साल फाल्गुन १५ गते सोमबार 

 आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज पनि समय खराब रहनेछ । आज चिसो र पखालालाले ठूलो दु:ख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । सडे गलेको बासी खाना होटलमा नखानुहोला । पिसाव सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा  विशेष ख्याल गर्नुहोला ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय अत्यन्त शुभ रहनेछ । आज ज्यादै फाइदाको रहेकोछ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका आजै राम्रो हुनेछ । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयँँ पेशाको थालनीको लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ । आज दिनमा ४ बजे नयाँ कामको थालनी गर्दा राम्रो हुने देखिन्छ ।समभर यात्रा नदर्दा नै राम्रो हुनेछ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय शुभ छ । स्वास्थ्य पनि भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । वृहस्पति ग्रह मजवुत रहेकाले मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । समयको सही सदुपयोग गर्नुहोला । समय शुभ रहेकाले समयको सही उपयोगल र नयाँ व्यापार व्यवसायमा लगानी गरे लाभ हासिल हुनेछ, यात्रा भने खराब छ ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । अरुलाई जति राम्रो गर्छु भने पनि जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुने, आफन्त मानिएका व्यक्तिको विरोधले कतिपय कामहरू अधुरो रहनेछन् । जताबाट पनि खर्चमात्रै हुने, यात्रामा समस्या हुने  अवस्था रहेको छ सकेसम्म सतर्क रहनुहोला । आज हानी र नोक्सानीबाट मात्रै जोगाउन सकेमा धेरै ठूलो उपलव्धि हुनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासका भावना मनमा उठ्नेछन् । पति–पत्नीबीच मनमुटाव हुन सक्नेछ । आम्दानी भन्दा खर्च बढी हुनाले पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुनेछ, आफन्तले नै कुरा काट्नेछन् भने आजको ४ बजेपछिको समय सुधार भएर आउनेछ । आज यात्रा गर्दा पनि झन्झट हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछैन ।स्वास्थ्यमा एक्कासी समस्या आउनेछ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । नयाँ निर्णय, व्यवसायमा लागनी आज नथर्दा नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रसड्ड सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ । आज ४ बजेपछि भने समय खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुहोला । जे काम गर्दा पनि सतर्क हुनुपर्नेछ ।

धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय खराब छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च गनुपर्नेछ । दिनमा ४ बजेपछि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्न सक्छ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । प्रतिस्पर्धीहरूले अलि दु:ख दिन सक्छन्। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। दिनमा ४ बनेपछि विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सरसापटमा गएको रकमले समेत मनग्गे फाइदा दिनेछ । 

राशिफलामा जे भनिएतपनि लगनशील भएर लाग्नु भयो भने अवश्य सफलता प्राप्त गर्नुहुनेछ !

Top Post Ad

post bottom ads

Ads Bottom