Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज फाल्गुन ११ गते बिहीबार , यस्तो छ तपाईको राशिफल - Aajko rashifal


 आज मिति २७९ साल फाल्गुन ११ गते बिहिबार ,

मेष : मेष राशि भएकाहरूका आज समय खराब रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन  निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नी बीच मनमुटाव बढ्नेछ । मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ, कामगर्दा सावधानी अपनाउनु होला । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने विद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।


वृष : वृष राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्य पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोगमार्फत आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्काबीच नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । समय शुभ रहेकाले भरपुर उपयोग गर्नुहोला ।


मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय राम्रो छैन । अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । वैदेशिक क्षेत्रसंग सम्बन्धित  व्यावसाय पनि तनाव बढ्नेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखि टाढिन सक्छन् ।


कर्कट : आज कर्कट राशिका लागि समय महत्वपूर्ण छ । लाभका अवसर प्राप्त हुनेछन् उपयोग गर्नुहोला । आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइएला । माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतीमा मन प्रशन्न हुनेछ । विद्यामा तपाइँले गरेको मेहनेत खेर जाने छैन ।


सिंह : सिंह राशि भएकाहरुका लागि आज समय ज्यादा खराब छ । माया प्रेम तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको महसूस हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । दिदीबहीनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ । सबै काम सतर्क भएर गर्नुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।


कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिंड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै विलासी जीवन व्यतित गर्न सकिनेछ ।


तुला : तुला राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । खुट्टा तान्नेहरु सक्रिय रहनेछन्, काम गर्दा ध्यान दिनुहोला । व्यावसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोढिंदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना छ । धर्म कर्ममा मन जाने तथा धार्मिक काममा समय खर्च गर्दा राम्रो हुनेछ ।


वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय भरपर्दो छैन । सानातिना घरेलु समस्याले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धी गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ । आज पश्चिम दिशाको यात्रा पनि आज नगर्नुहोला ।


धनु : धनु राशिका लागि आज समय राम्रै रहने छैन । पेट सम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दी आउनेछ । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा नचाहँदा नचाहँदै एक अर्काबीच छुट्टिनु पर्दा मनमा खल्लोपन महसूस हुनेछ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने योग रहेको छ ।


मकर : मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।


कुम्भ : कुम्भ राशिका लागि आज दिन तथा समय राम्रा छन् । ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोग मार्फत मनग्य आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पुरा हुनाले मन प्रफुल्लित हुनेछ ।


मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय खराब नै रहनेछन् । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाइँको निर्णय तपाई आफैलाई आत्मघाती हुन सक्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिंदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । 

राशिफलामा जे भनिएता पनि आफ्नो काममा निरन्तर लाग्नुभयो भने पक्कै पनि सफलता मिल्नेछ । धन्यवाद 

Top Post Ad

post bottom ads

Ads Bottom