Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अनिदो सपना : सपना आउँछन् हरेक पल अनिदो आखाँमा - Ambika Bhandari

 


अनिदो सपना 

बादलको घेरो सितको थोपा जुन छैन रातमा।

सम्झना आउँछ रमाइलो पलको पसिना हातमा।।


सपना आउँछन्  हरेक  पल  अनिदो   आखाँमा।

अनिदो सपना सुनाउन मन छ यो झ्याउरे भाकामा।।


पानीमा माछी डालीमा चरी छ फुल हाँसेको।

त्यसैले होला त्यो पारी बनमा मयुर नाचेको।।


उर्लेर आउँदा मनको आधी छेकेन आँखाले ।

अनिदो सपना सुनाउन मन छ यो झ्याउरे भाकाले।।


रहर हैन बाध्यता जीवन धर्तिको पाहुना।

कसले पो सक्छ र सोचे झै जीवन चाहे झै बनाउन।।


नजाउन टाढा हे मेरी आमा  बसिदेउ आँखामा ।

अनिदो सपना सुनाउन मन छ यो झ्याउरे भाकामा।।


बनाउँछ बाटो  पानीले आफै   समुन्द्र भेटाउन।

मनको  लक्ष्य सकिन्छ कहाँ सजिलै  भेटाउन।।


चर्कदा मन आउँदो हो आँसु सुटुक्क आँखामा ।

अनिदो सपना सुनाउन मन छ यो झ्याउरे  भाकामा ।।


👉अम्बिका भण्डारी, अन्नपूर्ण २ कास्की

Top Post Ad

post bottom ads

Ads Bottom