Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गजल :उमेर अब ढल्किसक्यो रमाउन आउॅछौ कैले - Article

 

🌹गजल🌹

उमेर  अब  ढल्किसक्यो  रमाउन  आउॅछौ  कैले

लथालिङ्ग   भयो  घर  जमाउन  आउॅछौ  कैले


बिऊ रोपी छोड्यौ तिम्ले  फूल  बनी  झुलिरछन्

भॅमराका ॲाखा लाग्लान् थमाउन आउॅछौ  कैले


बृद भए बुबा  आमा  ॲाखा  रसाइ  हेरी  बस्छन्

झोलिएका ती हातलाई  समाउन  आउॅछौ  कैले


मक्किएको पाली अब ढल्न लागि  सक्यो  यता

सहाराको  खॅाचो   रह्यो  बनाउन  आउॅछौ   कैले


धेरै  समय  बितिसक्यो  चाडवाडको  रौंनक  छैन

यसपाली त  खुशी  ल्याई मनाउन  आउॅछौ  कैले

- लक्ष्मी काफ्ले, पोखरा लामाचौर

Top Post Ad

post bottom ads

Ads Bottom