Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

‘थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’ - Brighter Khabar

पोखरा, माघ १८। आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो । नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइँदै आइएको छ ।
हाल आयोडिनको कमीबाट उत्पन्न विभिन्न समस्यामध्ये देखिने गलगाँड ‘भिजिबल गोइटर’ समुदायमा नदेखिएको कर्पाेरेसनले जनाएको छ । सन् १९८६ मा देखिने गलगाँड ४४.२ प्रतिशत रहेकामा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न सफल भएको थियो । सरकारले दिएको निर्देशनअनुसार कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको छ ।
सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर सङ्ख्या शत्प्रतिशतमा पु¥याउने नीति लिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेअनुसार हाल ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरिरहेका छन् ।
यसैगरी सन् २०१६ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेका छन् । “अतः यस उपलब्धिलाई जोगाइराख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ”, कर्पाेरेसनद्वारा आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा कर्पाेरेसनले आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका विषयमा जनचेतनामूलक कार्यक्रमबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य संस्था, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्षराख्ने, जस्ता गतिविधि महिनाभर सञ्चालन गर्ने जनाएको छ ।
सरकारले देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी कर्पाेरेसनलाई दिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom