Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कबिता : यो माटो दुखे यो मन दुख्छ


यो धर्ति मेरो यो आकाश मेरो छायाँ नि मेरो हो।

यो माटो दुखे यो मन रुन्छ एैयांँ माया नी मेरो हो।।

यो सेरोफेरो प्रकृति सगँ छु माया साँचेको।

त्यसैले होला  धड्कनमा  पनि   मुटुमा गाँसेको ।।।


पुर्वको मेची नि मनमा खेल्छ पश्चिम नि मनमा।

उत्तरको हिमाल दक्षिणको तराई खेल्छ  यहि तनमा।।


नेपाली माया घाम र जुन झै छ मनमा हाँसेको।।

त्यसैले होला धड्कनमा  पनि मुटु नै गाँसेको।।।


हे नेपाल आमा तिमीलाई हाम्रो शिरमा राखाैला।।

मिलेर हामी यो बिश्व सगँ मित्रता गाँसाैला।।


नेपाली गाैरब मर्ददैन कसै छ कृति बाँचेको ।

त्यसैले होला धड्कनमा पनि मुटु नै गाँसेको।।


शहिदको रगत शक्तिमा मिल्यो नेपाली भुमिमा।

नेपाल नै अगाडि हुने छ हेर पुग्ने छ चुलिमा।।।


स्वदेश कै माया जाहाँ गए पनि छ मनमा नाँचेको।।

त्यसैले होला धड्कनमा पनि मुटु नै गाँसेको।।।


यहि मन  मिले यो राष्ट्र मिल्छ टुटे त सिसा झै।

मिलेर बसाैन एउटै ज्यान नङ र मासु भैई।।।


हाँसेर  बसाै यी मुटुभरी छ माया  साँचेको ।।

त्यसैले होला धड्कनमा पनि मुटु नै गाँसेको।।


अम्बिका भण्डारी अन्नपूर्ण २, कास्की 

Top Post Ad

post bottom ads

Ads Bottom