Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सिटामोल लिन पनि पर्वत पुग्ने आग्रीखर्क बासीलाई अहिले भने घरघरमै स्वास्थ्य परिक्षण सेवा - ब्राइटर खबर - Brighter habar

स्थानीयको स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मी 

फाल्गुन १६, स्याङ्गजा जिल्ला स्थित अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ आग्रीखर्कमा स्वास्थ्य   परिक्षण एवम् स्वास्थ शिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

पालिकाको वडा नम्बर ३ आग्रीखर्कमा स्वास्थ्यकर्मी सहितको रक्तचाप परिक्षण सँगै स्वास्थ्य  परामर्श दिने काम पनि सम्पन्न भएको  हो   ।

पालिकाले चालेका केहि उदाहरणीय कामहरूले पालिकाबासीलाई केहिहदसम्म राहत प्रदान भैरहेको स्थानीयवासीले बताएका छन्  ।

घरमै आएर रक्तचाप परिक्षण गर्दा आँफु जस्तो रक्तचापको बिरामीलाई  अत्यन्तै खुसि लागेको आग्रीखर्क माझगाउँ निवासी यमकली काफ्लेले बताउनुभयो ।

टोलीले गाउँका प्रत्येक टोल टोलमा पुगी स्वास्थ्य परामर्श सँगै सामान्य स्वास्थ्य परिक्षण गरेको थियो    ।

सामान्य स्वास्थ्य सेवा र स्वास्थ्य परामर्श लिन पनि पर्वतको पाखापानी पुग्नुपर्ने आग्रीखर्कबासी आफ्नो गाउँमै स्वास्थ्य इकाई स्थापना भए पश्चात अत्यन्त हर्षित समेत भएका छन्    । 

पहिले स्वास्थ्य इकाई नहुँदा सामान्य सिटामोलका लागि सँगै  रक्तचापका बिरामीहरूले पनि सामान्य परिक्षण गराउन पनि साह्रै मुस्किल परेको यहाँका स्थानीयहरूले बताउँछन्  ।

गाउँपालिका सँगै स्थानियहरुको को पहलमा केहि बर्ष अगाडी मात्रै आग्रीखर्कमा स्वास्थ्य इकाइको स्थापना भएको थियो  ।

अर्जुनचौपारी गाउँपालिकाको मात्र नभई स्याङ्जा जिल्लाकै पश्चिमी भूभागमा पर्ने यस भेगका बासिन्दाहरूलाई पालिकाले  पछिल्लो समय  स्वास्थ्य क्षेत्रमा देखाएको सौहार्दता र यो सुन्दर सुरूवातालाई स्थानीयले प्रसंसा गरेका छन् ।
 




Top Post Ad

post bottom ads

Ads Bottom