Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दूधको मूल्य बढाउने तयारी - Brighter Khabar

पोखरा । फागुन १० ,

सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएकोमा  लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । 

किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो ।

‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखिएकाले ‘किसान बचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने देखियो ।’ बोर्डका प्रवक्ताले भने।

बोर्डले गत २ फागुनमा मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढ्न प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्‍मा मूल्य सिफारिस गर्नेछ त्यसपछि सरकारले मूल्य बढाउनेबारे निर्णय लिन सक्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom