Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपतिको उम्मेद्वार फिर्ता लिने आज अन्तिम दिन - Brighter khabar


फाल्गुन १६,  राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।


आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ ।


राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवारहरुविरुद्ध कुनै उजुरी र दावी विरोध पनि परेको छैन ।


उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

Top Post Ad

post bottom ads

Ads Bottom