Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढ्यो - Brighter Khabar


पोखरा, वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएसँगै गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको छ । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु ४७ खर्ब १६ अर्ब निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर रु ४७ खर्ब ४१ अर्ब पुगेको हो ।

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । 

पहिलो साता घटेको निक्षेप दोस्रो साता रु १२ अर्ब, तेस्रो साता रु तीन अर्ब र चौथो सातामा रु चार अर्बले बढेको थियो । माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप रु १४ अर्बले निक्षेप बढ्दै रु ४७ खर्ब ४१ अर्ब पुगेको हो । पुस महिनाको तुलनामा माघ महिनामा रु १२ अर्ब बराबरको मात्र कर्जा प्रवाह भएको छ । माघमा बैंकहरूले रु १२ अर्ब कर्जा बढाएर रु ४२ खर्ब ९० अर्ब बराबर कर्जा प्रवाह गरेका छन् । माघ २७ गतेसम्म बैंकको कर्जा रु ४२ खर्ब ८७ अर्ब रहेको थियो ।

सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप रु आठ अर्बले घटेर रु ४७ खर्ब आठ अर्ब पुगेको थियो । 

माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom