Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा ब'लि दिन भारत पुर्‍याइएकी १६ वर्षे बालिकाको उद्धार- Brighter Khabar

सांकेतिक तस्विर 

पोखरा , माघ २० गते । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा   बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने प्रलोभनमा पारी भारत पुर्‍याइएकी बालिकालाई ब्युरोको पहलमा उद्धार गरिएको हो ।

तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा प्रसस्त  पैसा पाउने प्रलोभनमा बालिकालाई पुस २० गते  नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।  स्रोतका अनुसार उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मा लगाइएको छ ।

साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी उनलाई  प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom