Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति रनिङ शिल्ड टप्सलाई- Brighter khabar

पोखरा , फाल्गुन ११ गते ।

राष्ट्रपति रनिङ शिल्ड  तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो । 


१३ पदक हासिल गरेर टप्स प्रथम बन्दा सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पार्‍यो । शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीय भयो । शहिद स्मृतिले कुल ११ पदक पायो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल भएका थिए । 


एथलेटिक्समा टप्सले ७ स्वर्ण, १ रजत र ४ कास्य हासिल गर्दै प्रथम भयो । सैनिकले ५ स्वर्ण ४ रजत र ६ कास्य हासिल गर्दै द्वितीय भयो । त्रिवेणी पब्लिक २ स्वर्णसहित तृतीय हुँदा कास्की मोडनाइज ४ रजत र २ कास्यसहित सान्त्वना भएको खेलकुद विकास समितिले जनाएको छ । कराँतेमा शितलादेवी मावि २ स्वर्ण, १ रजतसहित प्रथम भयो । न्युमिलिनियम एकेडेमी २ स्वर्णसहित द्वितीय र शिवशक्ति मावि १ स्वर्ण, १ रजत र ३ कास्यसहित तृतीय भए । तेक्वान्दोमा ४ स्वर्ण र १ रजत सहित सहिद स्मृति प्रथम भयो । १ स्वर्ण, १ रजत  र १ कास्यसहित सैनिक द्वितीय र १ स्वर्णसहित अमरसिंह मावि तृतीय भए । भलिबलको छात्रातर्फ युनिभर्स प्रथम, राष्ट्रिय मावि द्वितीय र स्पाइरल ग्यालेक्सी तृतीय भए ।  छात्रातर्फ शान्ता मावि प्रथम, जनप्रिय मावि द्वितीय र कन्या मावि तृतीय भए । कबड्डी छात्रातर्फ बेथानी प्रथम, कालिका द्वितीय र भवानी मावि तृतीय भएको खेलकुद विकास समितिले जनाएको छ । छात्रातर्फ गौरीशंकर प्रथम, शहिद स्मृति द्वितीय र रामेश्वरी मावि तृतीय भए । उसुतर्फ कालिका २ स्वर्ण सहित पहिलो भयो । थ्रिएन्जल्स र ग्लोबल कलिजियट समान एक/एक स्वर्णका साथ क्रमशः द्वितीय र तृतीय स्थानमा रह्यो । उसुमा समान पदक भएपछि अंकका आधारमा द्वितीय र तृतीय स्थान छुट्याइएको हो । प्रतियोगितामा ३० वटा विद्यालयका १ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी थिए ।

मङ्गलबार समापन समारोहमा महानगर प्रमुख धनराज आचार्यले महानगरपालिकाले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउने बताए । खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले रनिङ सिल्ड तथा मेयर कप सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिदै खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न महानगर सक्रिय रहेको बताए ।

Top Post Ad

post bottom ads

Ads Bottom