Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बर्डफ्लुका कारण नष्ट गरिएका वस्तुहरूका सम्बन्धित पक्षलाई राहत प्रदान गर्दै सरकार - Brighter Khabar


फाल्गुन ५,  सरकारले बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८-०७९ मा प्रचालिक कानुन बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि राहत प्रदान गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८-०७९ मा प्रचालिक कानुन बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि राहत प्रदान गर्ने निर्णय गरेको हो  ।

साथै  लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा सर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृत दिने, मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ गरी आठ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय समेत गरेको छ  ।


Top Post Ad

post bottom ads

Ads Bottom