Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेपत्ता भएकी महिला सहितका दुइ छोराहरू नदीमा सलले बाँधेको अवस्थामा मृत भेटिए - Brighter Khabar


नवलपरासी, ९ फाल्गुन ।  नवलपरासी जिल्लाको  बर्दघाट सुस्तापश्चिमस्थित गण्डक नहरमा हराएका तिनैजानको शव भेटिएको छ । आफ्ना दुई नाबालक छोरासहित नहरमा  हाम फालेर बेपत्ता भएकी  महिलाको शव फेला परेको हो । मृतक  दुइवटै  छोरालाई सलले बाँधेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता उनीहरू  हाम फालेको ठाउँभन्दा करीब  एक सय मिटर तल मृत अवस्थामा भेटिएका हुन् ।

उनका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएको र उनि घरमा सासुआमा सँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेपनि के कारणले उनले आफ्ना सन्तान सहित मृत्युको बाटो रोजिन भन्ने चाहीं खुल्न सकेको छैन । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  । 


Top Post Ad

post bottom ads

Ads Bottom