Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गत बर्ष कर्णालीमा ४९६ वटा मानवअधिकार उल्लङ्घनका घटना - Brighter khabar


सुर्खेत, फागुन ८ गते । कर्णाली प्रदेशमा सन् २०२२ मा ४९६ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको बताइएको छ । । 

मानवअधिकार संस्था इन्सेकको तथ्याङ्क अनुसार देशभर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सात हजार ३७६ जना पीडित भएकोमा कर्णालीमा ४९६ जना पीडित भएका छन् ।

ज्यादतीका घटनामा ३२८ महिला र १३५ पुरुष गरी ४६३ जना पीडित छन् ।  यो सन् २०२१ को तुलानमा ६६ जना बढी हो ।  

यस वर्ष कर्णालीमा राज्य पक्षबाट १५ वटा मानव अधिकार उल्लङ्घनमा घटना भएका छन् । राज्य पक्षबाट भएको कुटपिटका घटनामा एक जना गिरफ्तारी, हिरासत वा थुनामा मृत्यु एक, अमानवीय व्यवहारका घटनामा एक, अभिव्यक्ति भेला तथा सङ्गठित हुने अधिकारमा १५ जना पीडित भएको खबर गोरखापत्रमा छ । इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदी विगतको तुलनामा कर्णालीमा ०२२ मा मानव अघिकारको अवस्थामा झन् चिन्ताजनक रहेको बताउनुभयो ।

यस्तै, हत्याका घटनामा अन्य पक्षबाट १३ जना महिला र तीन जना पुरुष गरी १६ जनाले ज्यान गएको छ ।  कालिकोटको तिलागुफा नगरपालिका–१० राना वडामा १२ कात्तिकमा बेवारिसे अवस्थामा फेला परेको बम खेलाउँदा विस्फोट भई सोही ठाउँका ३ वर्षीया झरना थापाको घटनास्थलमा मृत्यु भएको थियो भने ५ वर्षीया सरस्वती रानाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।

विष्फोटमा परी ८ वर्षीय कमल थापा, ३ वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा घाइते भएका थिए हुनुभएको थियो । स्थानीय प्रशासनले मृतकका परिवारलाई राहत र घाइतेहरूलाई उपचार खर्चबापतको रकम उपलब्ध गराउन गृह मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म पीडितहरूले क्षतिपूर्ति नपाएको उहाँहरूको भनाइ छ ।

यो वर्ष कर्णालीमा बाल मानव अधिकारको अवस्थामा पनि सुधार आउन सकेन । बाल मानव अधिकारका घटना ७७ जना बालिका र तीन जना बालक गरी ८० जना पीडित भएको इन्सेकको तथ्याङ्कले देखाउँछ । घटनामा बालविवाहबाट १२, बेचबिखन तथा ओसारपसारबाट तीन, विद्यालयमा शारीरिक दण्ड सजायबाट एक, बलात्कार घटनामा ४९ जना, यौन दुर्व्यवहार का घटनामा १४ जना र नवजात शिशुको हत्याबाट एक जना पीडित भएको खबर गोरखापत्रमा छ ।

Top Post Ad

post bottom ads

Ads Bottom