Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालमा पश्चिमी वायुको प्रभाव सँगै यस्तो छ आज दिनभरको मौसम - ब्राइटर खबर - Brighter Khabar


काठमाडौं , १३ फाल्गुन  नेपालमा पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार  शनिबार दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको  छ । 

त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom