Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैदेशिक रोजगार विभागद्वारा १९ थान पासपोर्टहरू बरामद - Brighter khabar

 

काठमाडौं , १५ फाल्गुन । वैदेशिक रोजगार विभागले १९ थान पासपोर्टहरू बरामद गरेको छ । 

फाल्गुन १४ गते  आइतबार  एसिया पावर रिक्रियुटमेन्ट कन्सल्टेन्ट प्रालिले विभागबाट पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिइरहेको अवस्थामा  १९ थान पासपोर्टहरू बरामद गरेको जनाएको छ ।

विभागबाट पूर्वस्वीकृति नलिई हेभी ड्राईभर लगायतका विभिन्न पदमा वैदेशिक रोजगारीको लागि अन्तर्वार्ता लिइरहेको अवस्थामा पासपोर्ट बरामद गरेको हो 


विभागका अनुसार  साउदी अरब पठाउन खोजिएका १९ जनाको पासपोर्ट बरामद गरि संचालकलाई नियन्त्रणमा लिएको  हो । 


आर्किरोदन कम्पनि लिमिटेडमा पठाउने भनि ठूलो संख्यामा अन्तर्वार्ता लिइरहेको छ भन्ने प्राप्त सूचनाका आधारमा टोली त्यहाँ पगेको थियो । 


त्यहाँ पुग्दा टोलीले  करिब २०० को  संख्याको उपस्थितिमा अन्तर्वार्ता लिइरहेको फेला पारेको विभागले जनाएको छ  ।


यस सम्बन्धमा थप अनुसन्धान भईरहेको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले बताउनुभयो ।



Top Post Ad

post bottom ads

Ads Bottom