Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा लेखनाथमा यात्रुबाहक बस दुर्घटना, ४२ जना घाइते - Brighter Khabar


पोखरा , ७ फाल्गुन । पोखरा महानगरपालिका डाडाको नाक नजिकै बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्  । केहि समय अगाडि मात्रै   लेखनाथबाट पोखरा तिर आउंदै गरेको ग १ ख ६७४७ नम्बरको यात्रुबाहक बस डाँडाको नाक भन्ने ठाउँमा दुर्घटनामा परेको  हो  । 
घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

स्थानीय र प्रहरीको सहयोगमा  उद्धार जारी छ   । बस चालकको लापरबाहीले खोल्सामा खसेको यात्रुहरूले बताएका छन्  

दुर्घटना सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

Top Post Ad

post bottom ads

Ads Bottom