Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ - Brighter Khabar


फाल्गुन १२, उदयपुरको बेलका नगरपालिका–९ भचुवामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

भचुवाका २७ वर्षीय विनोद खत्रीलाई  २३ वर्षीय श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको हो   ।

बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्रभित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा श्रीमती युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । 

प्रहरीका अनुसार  बिहीबार साँझ प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमाड्मका लागि बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाइएको छ ।

उनको परिवारमा आमाबाबु सँगै  दुई बर्षिय  छोरा छन् 

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom