Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालको नामिबियामाथि सानदार जित- Brighter Khabar


फाल्गुन ६,  नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले हराएको हो  ।

जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा गर्नुभएको छ । करण केसीले एक विकेट झार्नुभयो । 

नेपालले अर्को खेलमा फागुन ९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom