पोखरा, ४ फाल्गुन । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको छ।
हरेक १५ दिनमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको हो। पछिल्लो मूल्य सूचीमा डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको हो ।
यस अगाडी मूल्य बढेर आउँदा पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँ बढाएको निगम यसपटक भने मूल्य नघटाउने मुडमा देखिएको छ । बिभिन्न बाहानामा निगमका अधिकारीहरूले यसप्रति चासो दिइएको देखिँदै ।