Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा गड्याङगुडुङ र असिना सहितको वर्षा - ब्राइटर खबर- Brighter Khabar


पोखरा, १४ फाल्गुन 

पोखरामा चार महिनापछि असिना सहितको  वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले प्रदेश नम्बर १, मधेस र वाग्मती प्रदेशको दक्षिणी भूभाग र गण्डकी प्रदेशका केहि भागमा  वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


पोखराका केहि स्थानमा असिना र हावाहुरी सहितको बर्षा भएको हो  ।  दुइ दिन अगाडी फाट्टफुट्ट मात्रै पानी परेको पोखरामा आज भने  एक तरो धुलो मर्ने गरी बर्षा भएको छ ।  नेपालकै प्राय धेरै बर्षा हुने ठाउँ भनेर चिनिने पोखरामा लामो समय पानी नपर्दा किसान चिन्तित थिए  । 

आजको बर्षाले  खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कुनै कुनै स्थानमा परेको  असिनाले  हिउँदे बालीमा क्षति पुगेको छ ।

मौसमविद्का अनुसार  पश्चिमी वायुको प्रभाव रहेकाले अझै केही समय वर्षा हुने सम्भावना रहेको  छ  । 

प्रिमसुन सिजनमा प्रवेश गर्न लागेकाले त्यसको प्रभाव पनि मौसममा देखिएको मौसमविद्हरुले जनाएका छन् । 



Top Post Ad

post bottom ads

Ads Bottom